Logo

सुरक्षित कारोवारका लागि मोवाइल फाइनान्सिङ, राष्ट्रिय भुक्तानी प्रणाली ऐन ल्याउँदै राष्ट्र बैंक

सुरक्षित कारोवारका लागि मोवाइल फाइनान्सिङ, राष्ट्रिय भुक्तानी प्रणाली ऐन ल्याउँदै राष्ट्र बैंक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुरक्षित कारोवारका लागि मोवाइल फाइनान्सिङ आवश्यक रहेको विज्ञहरुले बताएका छन् । मोवाइलका प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै गएको अवस्थामा ग्राहकलाई मोवाइल मार्फत बैंकिङ कारोवारमा जोड्नुपर्ने उनीहरुको तर्क थियो । बिहीवार काठमाडौंमा आयोजित मोवाइल फाइनान्स सेवाको अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो जानकारी दिएका हुन् ।

सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेठले नयाँ प्रविधिका साथमा बैंकिङ सेवा दिने उद्देश्यसहित राष्ट्र बैंक अघि बढेको जानकारी दिए । साथै भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन राष्ट्रिय भुक्तानी प्रणाली ऐन समेत ल्याउन लागेको उनले बताए । ‘ ऐन तर्जुमा हुँदै छ,’ उनले भने ‘छिटै नै विधिगत रुपमा ल्याउने छौं’। त्यस्तै भुक्तानी प्रदान गर्नेलाई लाइसेन्स दिने तयारी गरेको उनले बताए ।

सो अवसरमा डेपुटी गर्भनर श्रेष्ठले भौगोलिक बनावटले गर्दा बैंकिङ सुविधा ग्रामिण क्षेत्रमा नपुगे र मोवाइल फाइनान्सले त्यसलाई सम्भव बनाउने बताए । त्यसैगरी अन्तर बैंक भुक्तानी प्रणाली पनि कार्यन्वयनमा आएको छ । उनले मोवाइल फाइनान्सबारे प्रयोगकर्तालाई जानकारी दिनु चुनौती भएको बताए । त्यस्तै अवसरमा उनले सिस्टम राख्न राम्रोसँग तयारी गरेमा मात्र लाइसेन्स दिने बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले मोवाइल फाइनान्सिङले बैंकिङ कारोवारलाई सहज बनाउने बताए । साथै एटिएम तथा चेकलगायत पनि प्रयोग गर्नु नपर्ने भएकोले सहज हुने जानकारी दिए । उनका अनुसार हाल विश्वमा १ विलियनभन्दा बढी मोवाइल बैंकिङ प्रयोगकर्ता रहेको बताए । साथै चीनमा मात्र ४ सय मिलियन प्रयोगकर्ता छन् । मोवाइल बैंकिङ सस्तो र सहज हुने भएकोले सर्वसाधारणलाई त्यसको उपयोगिता बारे जनचेतनामुलक कार्यक्रम आयोजना गर्नु पर्ने बताए ।

सरकारले मोवाइल फाइनान्सको कार्यन्वयनका लागि नीति ल्याउन पर्नेमा जोड दिए । कार्यक्रममा भेषराज कर्णेलले ब्राञ्चलेस बैंकिङ सेवा उपलब्ध गराइरहेको अवस्थामा अव मोवाइल बैंकिङको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL