Logo

आफ्नो पासवर्ड कसरी सुरक्षित बनाउने, हेर्नुहोस तरिका

आफ्नो पासवर्ड कसरी सुरक्षित बनाउने, हेर्नुहोस तरिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय इन्टरनेट ह्याकिङको समस्या बढ्दै गएको छ । ह्याकरहरुले इन्टरनेट प्रयोगकर्ताको पासवर्ड ह्याक गरेर निजी डकुमेन्ट चोरेका थुप्रै घटनाहरु दिनहुँ सार्वजनिक हुने गरेका छन् । यसरी ह्याकरहरुबाट आफ्नो महत्वपूर्ण डकुमेन्ट तथा फाइलहरु सार्वजनिक हुने डर हुन्छ । विशेषगरी पासवर्डबाट इमेल, जिमेल तथा फेसवुक लगायत अन्य अफिसियल अकाउन्ट ह्याक हुने तथ्य सार्वजनिक भएकोले शुरुमा आफ्नो पासवर्ड बलियो बनाउनु आवश्यक छ ।

कस्ता पासवर्ड राख्ने ?

  • कुनै पनि अफिसियल अकाउन्टको पासवर्ड कम्तिमा ८ क्यारेक्टरको राख्नु पर्छ । जसले गर्दा ह्याकरलाई पासवर्ड अनमान गर्न गाह्रो हुन्छ ।
  • पासवर्डमा ‘क्यापिटल’ वा ‘स्मल’ लेटर मात्र भन्दा पनि दुवैलाई मिलाएर राख्नु पर्छ ।
  • त्यस्तै अक्षर मात्र राख्नुभन्दा सिम्बोलको प्रयोग गर्दा ह्याक हने सम्भावना कम हुन्छ ।
  • कहिले पनि सजिलै अनुमान गर्न सक्ने गरी पासवर्ड राख्नु हुदैन
  • त्यस्तै एउटा पेसको पासवर्ड त्यसको अफिसियल पेज बाहेक अन्त नराख्ने ।
  • पासवर्डमा डिस्नेरी वर्डहरु प्रयोेग नगर्ने  ।

प्रतिक्रिया दिनुहोस्