Logo

कलर स्क्रिन, उहिं ‘स्नेक’ गेम, आइतबार फेरी आउँदैछ पुण्टे नोकिया ३३१०

कलर स्क्रिन, उहिं ‘स्नेक’ गेम, आइतबार फेरी आउँदैछ पुण्टे नोकिया ३३१०


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रसिद्ध मोबाइल ब्राण्ड नोकियाको अत्यधिक रुचाइएको मोडल नोकिया ३३१० आइतबारदेखि फेरी बजारमा आउँदैछ । चिनीयाँ अनलाइन भीटेकका अनुसार यस पटक ल्याइने यो मोडलमा केहि थप परिवर्तन भने देख्न पाइनेछ ।

Nokia 3310
Nokia 3310

यसअघिको ‘बीएण्डडब्लु’ स्क्रिन रङ्गिन बन्ने हुने अनलाइनको दाबी छ । त्यस्तै यो मोडल रातो हरियो र पहेलो रङमा उपलब्ध हुनेछ । नोकियाले यसअघि आफ्ना नयाँ मोडलमा एण्ड्रोइड अपरेटिङ सिष्टम प्रयोग गरेपनि यसमा भने त्यो हुनेछैन । मोबाइल प्रयोगकर्ताले अत्यधिक समयसम्म टिक्ने ब्याट्रिको अनुभव गर्नेछन् ।

नोकिया मोडलमा उपलब्ध स्नेक गेम यसमा फेरी अनुभव गर्न सक्ने पनि भीटेकको दाबी छ । यसको प्रारम्भिक मुल्य ५० पाउण्ड स्टर्लिङ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्