Logo

भन्सारबाटै हरायो टेलिकमको २० हजार थान रिचार्ज कार्ड, सिरियल नम्वर हेरेर मात्र किन्न अनुरोध

भन्सारबाटै हरायो टेलिकमको २० हजार थान रिचार्ज कार्ड, सिरियल नम्वर हेरेर मात्र किन्न अनुरोध


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड भन्सारबाट हराएको छ । भन्सारबाट आयातका क्रममा ट्रकबाटै रिचार्ज कार्ड हराएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

टेलिकमले एक सूचना जारी गर्दै १ सय र २ सय रुपैयाँका एनटी रिचार्ज कार्ड हराएको सूचना दिएको हो । वैद्यका अनुसार सिरियल नम्बर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो । टेलिकमले यी सिरियल नम्बरका कार्ड खरिद विक्री नगर्न समेत आग्रह गरेको छ ।

ती कार्ड टेलिकमले डिएक्टिभ गरिसकेको छ । ‘हराएका कार्ड हामीले डिएक्टिभ गसिकेका छौं,’उनले भनिन् ‘ग्राहकको हातमा परेर रिचार्ज गर्दा नहुने भएकोले सूचना जारी गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्