Logo

सात दिनभित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने, अन्तिमपटक दिइयाे अल्टिमेटम

सात दिनभित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने, अन्तिमपटक दिइयाे अल्टिमेटम



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा दर्ता नभए सात दिनभित्र प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले मेटालाई नेपालमा दर्ता हुन बारम्बार आग्रह गर्दा पनि अटेर गरेको उल्लेख गर्दै तेस्रो पटकको सूचना म्याद केही दिनअघि सकिएको र अबको सात दिनभित्र दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाइने बताए ।

मन्त्री गुरुङले मेटाले नेपालबाट हरेक पल पैसा कमाइरहेको तर कर नतिरेको बताए। उनले मेटाले आफ्नो आम्दानी नेपालको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै भएको दम्भ देखाएको भन्दै राष्ट्रिय स्वाधीनतालाई पैसासँग तुलना गर्न नमिल्ने जिकिर गरे। उनले हाल नेपालमा टिकटक, भाइबर र वी–टक मात्र दर्ता भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्