Logo

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने



काठमाडौं । एनसेलले आफ्नो ग्राहकहरूलाई डिजिटल सेवा उपयोग गर्न प्रोत्साहन दिने उद्देश्यले नयाँ बोनस अफर सार्वजनिक गरेको छ। अब एनसेल एपमार्फत रु १०० वा सोभन्दा बढीको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले बोनस इन्टरनेट डेटा पाउने भएका छन्।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, एनसेल एप प्रयोग गरी १०० देखि २०० रुपैयाँसम्मको रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि २०० एमबी बोनस डेटा पाउनेछन्। त्यस्तै, २०० वा सोभन्दा बढीको रिचार्ज गर्दा ३ दिनसम्म मान्य हुने ५०० एमबी बोनस डेटा प्राप्त हुने व्यवस्था गरिएको छ।

यद्यपि, स्क्र्याच कार्डमार्फत गरिएको रिचार्जमा भने यो बोनस सुविधा लागू नहुने एनसेलले स्पष्ट पारेको छ।

एनसेलले आफ्नो एपलाई ‘सेल्फ सर्भिस टुल’को रूपमा प्रस्तुत गर्दै प्रयोगकर्तालाई डेटा वा भ्वाइस प्याक किन्ने, प्याक उपहार दिने, सेवा विवरण हेर्ने, रोमिङ सेवा सक्रिय गर्ने, अनलाइन रिचार्ज गर्ने जस्ता धेरै सेवा उपलब्ध गराएको जनाएको छ।

एनसेल एपमार्फत ग्राहकहरूले अनलाइन तथा अफलाइन गेमहरू, समाचारहरू पढ्न सक्ने, मासिक बिल हेर्न सक्ने, र लिएका सेवाहरू सक्रिय वा निष्क्रिय गर्न सक्ने सुविधा समेत पाउनेछन्।

एनसेलले ग्राहकहरूलाई गुगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरी विभिन्न डिजिटल सेवाको अनुभव लिन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्