काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशभरका लागि २०० जना बजार प्रतिनिधि माग गरेको छ। कम्पनीले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न प्रदेशहरूमा कार्यरत हुने गरी ठूलो संख्यामा जनशक्ति आवश्यक भएको जनाएको हो।
इसेवाले माग गरिएको पदका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु तय गरेको छ।
जिल्लागत रूपमा प्रतिनिधि संख्या यसप्रकार रहनेछस्
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस र कोशी प्रदेश — प्रत्येकबाट २८ जना
बागमती प्रदेश — ३२ जना
इच्छुक र योग्य उम्मेदवारहरूले आफ्नो सीभी इमेलमार्फत पठाउनु पर्नेछ। सीभी पठाउँदा कुन जिल्लाबाट आवेदन दिइएको हो भन्ने कुरा स्पष्ट उल्लेख गर्नु पर्नेछ।