Logo

नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै सिमकार्ड

नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै सिमकार्ड



काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ। साथै त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ।

एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ। टेलिकमका अनुसार उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ। सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्।

पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरू उपभोग गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरूले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This