Logo

आजदेखि काठमाडौं र पोखरामा टेलिकमको फोरजी, यसरी चलाउनुहोस

आजदेखि काठमाडौं र पोखरामा टेलिकमको फोरजी, यसरी चलाउनुहोस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवारदेखि काठमाडौं तथा पोखरामा रहेका नेपाल टेलिकमका पोष्टपेड ग्राहकले फोरजीको मज्जा लिन सक्नेछन् । आजदेखि ४ तारिकसम्मका लागि निशुल्क फोरजी सेवा उपयोग गर्न पाउने भएका हुन् । फोरजी सेवाका लागि शुरुमा स्टार ४४४ ह्यास डायल गर्नुपर्छ ।

त्यसपछि फोरजी एक्टिभेट गर्न १ डायल गर्नुहोस भन्ने सूचना आउछ । पोष्टपेड तथा फोरजी सर्पोट गर्ने मोवाइल प्रयोगकर्ताले निर्देशन अनुसार १ डायल गरेसँगै फोरजी एक्टिभेट हुन्छ ।

फोरजी एक्टिभेट भएन\भएको कसरी थाहा पाउने ?

फोरजी एकिटभेट भएपछी हालको थ्रीजी वा टुजिको सिग्लन देखाउने ठाउँमा फोरजी वा एलटीई भनेर आउछ । विशेषगरी एन्ड्रोइड फोनमा फोरजी र आइफोनमा एलटीई देखिने छ ।

कहाँकहाँ चल्छ फोरजी ?

नेपाल टेलिकमले शुरुमा काठमाडौं र पोखरामा यो सेवा शुरु गर्न लागेको हो । जसअनुसार काठमाडौंमा रिङरोड भित्र र गोदावरी, भक्तपुर,इन्द्रायणी वरीपरी तथा पोखराका लेकसाइड र न्यूरोड क्षेत्रमा फोरजी सेवा उपलब्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्