Logo

अमेरिकामा खुल्यो टिकटक, २५ दिनपछि प्रतिवन्ध फुकुवा

अमेरिकामा खुल्यो टिकटक, २५ दिनपछि प्रतिवन्ध फुकुवा



काठमाडौं । अमेरिकामा टिकटकमाथिको प्रतिवन्ध फुकुवा भएको छ । अमेरिकामा गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा फेरि उपलब्ध भएको हो । राष्ट्रिय सुरक्षा कानु अनुसार अमेरिकामा जनवरी १६ मा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

एप स्टोर र प्ले स्टोरबाट हटाइएको करिब २५ दिनपछि टिकटक पुनर्स्थापित भएको हो । बाइटडान्सका अरू एप क्यापकट, लेमन८ लगायतका एपहरु पनि पुनर्स्थापित गरिएको छ ।

टिकटकले जनवरी १९ मा आफ्ना प्रयोगकर्तालाई सेवा पुनर्स्थापित गरेको थियो । र, वेबसाइटबाट डाउनलोड गर्न सकिने सुविधा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्