Logo

टेलिकममा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि बढ्यो, परामर्शदाता छनौट

टेलिकममा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि बढ्यो, परामर्शदाता छनौट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता गरेको हो । टेलिकमले सो कार्यका लागि एनलाइसिस मसोन लिमिटेड युकसँगसम्झौता गरेको हो ।

रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि कम्पनीले बोलपात्र मार्फत छनौट भएको एनलाइसिस मसोन लिमिटेड युकेसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनलाइसिस मसोनका इण्डिया एण्ड साउथ एसियाका पार्टनर हेड रोहन धमिजाले हस्ताक्षर गरेका हुन् ।

उक्त संस्थाले नेपाल टेलिकमको ड्यु डेलिजेन्स (डीडीए) तथा सेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिनेछ ।

प्रतिक्रिया दिनुहोस्