Logo

१,२,३….. ‘काउण्ट डाउन’ फोरजी, दश दिनमा होला शुरु ?

१,२,३….. ‘काउण्ट डाउन’ फोरजी, दश दिनमा होला शुरु ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइलमा फोरजी अथवा एलटीई नेटवर्क ‘सपोर्ट’ गर्ने फिचर छ भने अब नयाँ जमानाको लागि तयार रहनुहोस । सुस्त गतिको इण्टरनेट र दिक्दार लाग्दो डाउनलोड ‘टाइमिङ’बाट पीडित हुनुहुन्छ भने पनि चिन्ता लिनु पर्दैन ।

नेपालमै पहिलोपटक अङ्गे्रजी नयाँ बर्ष अर्थात जनवरी १ तारिखदेखि नेपाल टेलिकमले फोरजी सेवा सुरू गर्ने तयारी गर्दैछ । तोकिएकै मिती(पुष १७) गतेदेखिफोरजी सेवा सञ्चालनका लागि तयारी अन्तिम अवस्थामा पुगेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘फोरजी सञ्चालनका लागि अधिकांश काम पुरा भइसकेको छ’ उनले फोरजीको प्रगती सुनाए । टेलिकमले दुरसञ्चार उपकरण निर्माता ह्वावेसँग फोरजी सञ्चालनका लागि आवश्यक कार्ड र सफ्टवेयर खरिद समेत गरिसकेको छ ।

टेलिकमले पहिलो चरणमा काठमाडौं र पोखराका सहरी क्षेत्रमा फोर जी सेवा सञ्चालन गर्ने छ । त्यसपछि अन्य सहरी क्षेत्रमा सेवा विस्तार गर्ने टेलिकमको योजना छ ।

प्राधिकरणले १८ सय ब्याण्डमा उपलब्ध गराएको १५ मेगाहर्ज फ्रिक्वेन्सी मध्य ५ मेगाहर्ज फोरजीका लागि प्रयोग गरिनेछ ।

टेलिकमले नेपालमा पहिलो पटक फोरजी सञ्चालनको अनुमती पाएको हो । प्राधिकरणले फ्रिक्वेन्सी बाँडफाड सम्बन्धी संसोधन नीति अनुसार टेलिकमलाई १८ सय व्याण्डमा प्रविधि तटस्थ अनुसार फोरजी संचालन अनुमति दिएको थियो । आईपी टेलिफोन, भिडियो, गेमिङ्, उच्च गतिमा डाउनलोड तथा अपलोडका लागि फोरजी प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्