Logo

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा,शुक्रबार देखि लागु

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा,शुक्रबार देखि लागु


बिजखबर संवाददाता
27
Shares

काठमाडौंं । एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई आकर्षक सेवा ल्याएको छ । साप्ताहिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एमबिसम्मको न्युन शुल्कमा डेटाको मज्जा लिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्ने बताइएको छ ।

यी सेवाहरु शुक्रबार देखि लागु हुनेछन् ।‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १ हजार ५ सय मा २ सय ५० एमबि डेटा र रु ५ हजारमा १ जिबि डेटा खरिद गर्न सक्नेछन् ।

त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५ सयमा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सकिने बताइएको छ । यी सेवा अन्तर्गतका सबै शुल्क कर सहित भएको एनसेलले जानकारी दिएको छ ।

साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चिन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढि देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायत १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुनेछ ।

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।

रोमिङ सेवा सुचारु गर्न एनसेलका प्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ मा एसएमएस गर्न सक्नेछन् । पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सात दिनको लागि मान्य हुनेछ ।

रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जा लिन सक्ने बताइएको छ । सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् ।

आठ घण्टाको समयावधि पश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पेएज युगो दर अनुसार डेटा शुल्क लाग्नेछ ।
ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको शर्माले जानकारी दिए ।

आफ्नो संचार आवश्यकता बमोजिम ग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमा कति डेटा बाँकी छ भनेर हेर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्