Logo

प्राधिकरणले गर्याे नेटम्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज

प्राधिकरणले गर्याे नेटम्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेट म्याक्स टेक्नोलोजीज प्रालिको अनुमतिपत्र खारेज गरेको छ । कम्पनीले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि प्राधिकरणले आईतबार उक्त अनुमतिपत्र खारेज गरिदिएको हो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेज गरेको जानकारी दिएको छ । नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो । प्राधिकरणले नियमानुसार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्