Logo

४४ अर्ब डलरको कम्पनीको भ्यालू दुई वर्षमै १० अर्ब भन्दा कममा झर्यो, कहाँ चुके मस्क ?

४४ अर्ब डलरको कम्पनीको भ्यालू दुई वर्षमै १० अर्ब भन्दा कममा झर्यो, कहाँ चुके मस्क ?



काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले दुई वर्षअघि माइक्रोब्लगिङ साइट ट्वीटर ४४ अर्ब डलरमा किनेका थिए । उनले यसको नाम परिवर्तन गरेर एक्स राखे । तर, यो सम्झौता मस्कलाई धेरै घाटाको बनेको छ । जब मस्कले यसलाई अक्टोबर २०२२ मा किनेका थिए यसको सेयरको मूल्य १९.६६ मिलियन डलर अनुमान गरिएको थियो । तर, अहिले कम्पनीकोे मूल्य झण्डै ८० प्रतिशतले घटेर ४.२ मिलियन डलर पुगेको छ ।

लगानी कम्पनी फिडेलिटीका अनुसार एक्सको शेयरको मूल्यमा ठूलो गिरावट आएको छ । यसलाई किनेर मस्कले सार्वजनिकबाट निजी कम्पनीमा परिणत गरे । जुलाईको तुलनामा अगस्टमा यसको मूल्य २४ प्रतिशतले घटेको छ । फिडेलिटीका अनुसार एक्सको कुल मूल्य अहिले ९.४ बिलियन छ ।

कम्पनी निजी भएकोले, यसको वित्तीय विवरणहरू अब प्रत्येक त्रैमासिकमा प्रस्तुत हुँदैनन् । तर, कम्पनीको आम्दानी भने घटेको विश्लेषकहरू बताउँछन् । उनी भन्छन् कि मस्कले ट्विटरका लागि आवश्यकभन्दा बढी पैसा तिरेका थिए । जब मस्कले यसलाई किनेका थिए, यसको वास्तविक मूल्य लगभग ३० बिलियन डलर थियो । एक्ससँग प्रयोगकर्ताहरू छन् तर कम्पनीले अपेक्षा गरेअनुसार विज्ञापनहरू प्राप्त गरिरहेको छैन् ।

मस्कले कम्पनी किनेपछि, धेरै विज्ञापनदाताहरूले एक्सट्रिम कन्टेन्टेको बारेमा चिन्ता जनाए । भर्खरैको विश्वव्यापी सर्वेक्षण अनुसार, २६ प्रतिशत विज्ञापनदाताहरूले अर्को वर्ष विज्ञापनमा खर्च कटौती गर्ने योजना बनाएका छन् । अब तिनीहरू एक्ु भन्दा गुगललाई प्राथमिकता दिन चाहन्छन् ।

गत वर्ष नोभेम्बरमा, धेरै ब्रान्डहरूले एकसमा विज्ञापन बन्द गरेका थिए । यद्यपि, एक्स अझै पनि सोशल मिडियामा एक प्रमुख खेलाडीका रुपमा रहेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिमा ५७० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको बताएको छ, जुन एक वर्ष अघिको तुलनामा ६% बढी हो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्