Logo

नेपाल टेलिकमको दशैं अफर : एफटिटिएच जडानमा ५ सय छुट, २५० मै १ हजार मिनेट कल सुविधा

नेपाल टेलिकमको दशैं अफर : एफटिटिएच जडानमा ५ सय छुट, २५० मै १ हजार मिनेट कल सुविधा



काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ ।
कम्पनीले अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेगरी सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५ सय रुपैयाँ मिनाहा समेत गरिएको छ ।

यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७ सय ९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै २ सय ५० रुपैयाँमा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्