Logo

टिकटमाथिको प्रतिवन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

टिकटमाथिको प्रतिवन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई टिकटकमाथिको प्रतिवन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यसअघि भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेसँगै प्राधिकरणले पनि यस्तो निर्देशन दिएको हो ।
यसअघि प्रचण्ड सरकारको पालामा कात्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकले टिकटमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL