Logo

आइफोन ७ अव नेपाली बजारमा, मूल्य रु.९१ देखि १ लाख २६ हजार

आइफोन ७ अव नेपाली बजारमा, मूल्य रु.९१ देखि १ लाख २६ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एप्पल आइफोन ६ अव नेपाली बजारमा किन्न पाइने भएको छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन७ नेपाल बिक्री शुरु गरेसँगै यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीले आइतबारदेखि आइफोन७को बुकिङ खुला गरिसकेको छ । साथै शुक्रबार काठमाडौंमा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीका अनुसार आइफोन ७को मूल्य न्यूनतम ९१ हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले ३२ जीबीको आइफोन७को मूल्य ९१ हजार रुपैयाँ तोकेको छ।

१२८ जीबी आइफोनको मूल्य १ लाख ५ हजार ५ सय, २५६जीबीको आइफोन७को मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै कम्पनीले १ सय २८ जीबीको आइफोन ७ प्लसको मूल्य १ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ।

२ सय ५६ जीबीको आइफोन७ १ लाख ३६हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । आइफोन७ ब्ल्याक,सिल्भर र गोल्ड रंगमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्