Logo

काठमाडौंलाई ‘इन्टरनेट फ्रेन्ड्ली’ बनाइँदै, बालाजु र्पाक पनि फ्रि वाइफाइ जोन

काठमाडौंलाई ‘इन्टरनेट फ्रेन्ड्ली’ बनाइँदै, बालाजु र्पाक पनि फ्रि वाइफाइ जोन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय काठमाडौंका अधिकांश स्थानमा सहजै इन्टरनेट चलाउन सकिन्छ । चियाको चुस्की लिँदै कफी स्टेशनमा होस या रेष्टुराँ अथवा सपिङ महल हरेक स्थान इन्टरनेट फ्रलेन्ड्ली बन्न थालेको छ । त्यस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा पनि इन्टरनेटको मज्जा लिन सकिन्छ ।

इन्टरनेटमा उपभोक्ताको पहुँच बढ्दै जाँदा उपत्यकामा यसको उपलब्धतालाई सहज बनाएको छ । त्यसो त इन्टरनेट दैनिक जीवनको एक महत्वपूर्ण हिस्सा नै बनिसकेको छ ।

यससँगै विस्तारै सार्वजनिक स्थलहरु इन्टरनेट फ्रेन्ड्ली हुने भएका छन् । हाल काठमाडौं महानगरपालिकाले रत्नपार्कमा निःशुल्क वाइफइ उपलब्ध गराइरहेको छ ।

उपत्यकाभित्रका पार्क तथा अन्य पर्यटकीय गन्तव्यमा इन्टरनेटको सुविधा उपलब्ध गराउन लागेको हो । आगामी ३ बर्षभित्र महानगरका सवै क्षेत्रमा वाइफाइ निशुल्क वितरण गर्ने उद्देश्यका साथ इन्टरनेट उपलब्ध गराउन लागिएको बताइएको छ । त्यस्तै पार्कमा घुम्न आउने आगन्तुकलाई विश्वका हरेक कुनामा जोड्ने उद्देश्य रहेको काठमाडौं महानगरपालिका सूचना प्रविधि शाखाका प्रमुख राम सापकोटाले जानकारी दिए ।

पुरानो रत्नपार्कलाई व्यवस्थित गरेर प्रवेश शुल्क तोकिएसँगै वाईफाईको सुविधा पनि भएको हो । करिब डेढ वर्षअघिदेखि प्रवेश शुल्क तोकेर व्यवस्थित गरिएको रत्नपार्कमा अहिले २५ रुपैयाँको तिरेपछि अनलिमिटेड वाईफाई सुविधा उपलब्ध छ । टिकट काटेर रत्नपार्क छिरेपछि जोसुकैले त्यहाँका कर्मचारीसँग पासवर्ड लिएर वाईफाई चलाउन सक्नेछन् । वाईफाईको पासवर्ड भने ह्याक हुने डरले हरेक दिन परिवर्तन गर्ने गरिएको छ ।

रत्नपार्ककै जस्तो सुविधा महानगरका अरू क्षेत्रमा पनि विस्तार गर्न लागिएको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । ‘हामी चाँडै नै बालाजु पार्क र राष्ट्रिय सभागृहमा पनि यो सेवा सुरु गर्दैछौं,’ उनले भने, । साथै महानगरका सबै वडा कार्यलयमा पनि फ्री वाईफाईको व्यवस्था गर्ने योजना रहेको उनले सुनाए ।

त्यसोत पर्यटकीय क्षेत्र हनुमानढोकामा पनि वाइफाई उपलब्ध गराउने योजना रहेको काठमाडौं महानगरपालिका सूचना प्रविधि शाखाका प्रमुख राम सापकोटाले सुनाए । पर्यटकले इन्टरनेटको माध्यमबाट यहाँको प्रवद्र्धन गर्नसक्ने भएकोले इन्टरनेट उपलब्ध गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्