Logo

भाइबरले शुरु गर्यो पब्लिक एकाउन्ट, ब्राण्डलाई सेवाग्राहीसँग जोड्न सहयोग गर्ने

भाइबरले शुरु गर्यो पब्लिक एकाउन्ट, ब्राण्डलाई सेवाग्राहीसँग जोड्न सहयोग गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाइबरले व्यापार व्यवसाय र ब्राण्डहरुलाई उनीहरुका विश्वव्यापी श्रोतासँग जोड्नका लागि पब्लिक एकाउण्ट शुरुआत् गरेको छ । भाइबरको नयाँ व्यवसायिक समाधानले सबै प्रकारका ब्राण्डहरुलाई उनीहरुले चाहे अनुसार उनीहरुका सेवाग्राही र प्रमुख सेवाग्राहीसँग सम्बन्ध बनाइराख्न मद्दत गर्नेछ ।

भाइबरले आजबाट पब्लिक एकाउण्ट आरम्भ भएको घोषणा गरेको छ । यो एकाउण्टको सहायताले व्यवसायीहरु, ब्राण्डहरु र चर्चित हस्तीहरुले भाइबरका ८ करोड भन्दा बढी प्रयोगकर्ताहरुले आ–आफ्नै तवरले सम्बन्ध कायम राख्न सक्ने बताइएको छ ।

पब्लिक एकाउण्टको माध्यमबाट भाइबरले व्यवसायी, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका श्रोताहरुसँग एक्ला एक्लै च्याट वा एउटै मन्चमा खुला कुरा गर्ने सजिलो अवसर दिलाएको छ ।

‘हामीले हाम्रा प्रयोगकर्ताहरुलाई व्यवसायका लागि समेत जोडिनका लागि उपाय सुझाएका छौं’ भाइबरका सिइओ माइकल स्मिलोभले भने ‘पहिलो तरिकाको प्रयोग गरेर व्यवसायीहरुलाई भाइबरमा मैसेजिंग र घनीभूत इन्टरफेसेज प्रयोग गर्दै उनीहरुका श्रोताहरुसम्म पुग्नलाई सामर्थ बनाउनेछ, जुन अन्य कुनै व्यवसायको विविध आवश्यकताहरुलाई पनि उपयोगी हुन सक्नेछ ।’

एउटा च्यानलको रुपमा यसले दुवै व्यस्त रहेका र निजी सम्पर्कलाई प्रोत्साहित गर्दछ । पब्लिक एकाउण्टको प्रयोग बिक्री, बजारीकरण र टिमको मद्दत,गर्नका साथै सूचना जारी गर्न र अन्यका लागि पनि गर्न सकिन्छ ।

एकपटक पब्लिक एकाउण्ट बनाएपछि एडमिन र सहभागीहरुलाई उनीहरुका श्रोताहरुसँग सिधा, सजिलो र व्यक्तिगत तवरमा सूचना आदान प्रदान गर्न टुल्स उपलब्ध गराइन्छ । यसबाट प्रयोगकर्ताहरका फलोअरहरुलाई विभिन्न तरिकाबाट सन्देश प्रवाह गर्ने अवसर प्राप्त हुनेछ । पब्लिक एकाउण्टमा व्यापार व्यवसाय सजिलै पत्ता लगाउन च्यानल खोजी भाइबरको एपिआइ मार्फत सिधा सम्पर्क
पब्लिक च्याट मार्फत् एक स्केलमा सूचना आदान प्रदान गर्ने

पब्लिक एकाउण्ट आजबाट विश्वव्यापी साझेदारहरु जस्तैः हफिङ्गटन पोस्ट, यान्डेक्सका साथमा उपलब्ध छ । नेपालमा हाम्रो पात्रो र अनलाइन खबरले पनि चाँडै नै उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्