काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ ।
नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नास आईटी अवाईस आयोजना हुन लागेको हो ।
नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तरराष्ट्रिय अवसर प्राप्त हुने बताए ।
अवार्ड ११ विधामा प्रदान गरिने छ । बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन् ।
नास आईटी अवार्ड्स २०२४ मा आगामी भदौ ३ गतेसम्म https://awards.nasit.org.np/ मा गएर अनलाइन आवेदन दिन सकिने छ ।
अवार्ड विजेताहरुलाई डिसेम्बर २०२४ मा ब्रुनाइमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ ।
विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ ।
यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनाइ, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिद्यापुर, श्रीलक्का, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।
नास आईटी नेपालको अग्रणी गैर नाफामुलक सस्था हो, जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।
नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पश्चवीमा काम गर्दै आएको सम्झ्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।