Logo

एनसेलको अवरुद्ध सेवा पुनः सूचारु

एनसेलको अवरुद्ध सेवा पुनः सूचारु



काठमाडौं । अवरुद्ध भएको नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदाक एनसेलको सेवा पुनः सूचारु भएको छ । कम्पनीको डाटासेन्टरसँग जोड्ने अप्टिकल फाईबर विच्छेद भएसँगै मधेश प्रदेशबाहेक देशभर कम्पनीको सेवा अवरुद्ध भएको करिव २ घण्टापछि सेवा संचालनमा आएको हो ।

सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आउन सकेको थिएन । एनसेलले एक सूचना जारी गर्दै आफ्नो सेवाहरूमा प्राविधिक समस्या आएको जानकारी दिएको छ । कम्पनीले अवरुद्ध सेवा यथाशीघ्र नियमित गर्न तदारुकताका साथ काम भइरहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL