Logo

देशब्यापी रुपमा एनसेलको सेवा अवरुद्ध, रिकभर गर्न तदारुकताका साथ काम गरिँदै

देशब्यापी रुपमा एनसेलको सेवा अवरुद्ध, रिकभर गर्न तदारुकताका साथ काम गरिँदै



काठमाडौं । नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदाक एनसेलको सेवा देशभर अवरुद्ध भएको छ । कम्पनीको डाटासेन्टरसँग जोड्ने अप्टिकल फाईबर विच्छेद हुँदा मधेश प्रदेशबाहेक देशभर कम्पनीको सेवा अवरुद्ध भएको हो ।

सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आउन नसकेको देखिन्छ । एनसेलले एक सूचना जारी गर्दै आफ्नो सेवाहरूमा प्राविधिक समस्या आएको जानकारी दिएको छ । कम्पनीले अवरुद्ध सेवा यथाशीघ्र नियमित गर्न तदारुकताका साथ काम भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL