Logo

आइटी उद्योगका लागि सहुलियत ब्याजमा २ करोडसम्म कर्जा पाईने

आइटी उद्योगका लागि सहुलियत ब्याजमा २ करोडसम्म कर्जा पाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिलगायत सूचना प्रविधि (आइटी) क्षेत्रको उद्योगहरुलाई पनि सहुलियत ब्याजदरमा २ करोडसम्मको कार्ज उपलब्ध गराउने व्यवस्था गरेको छ ।

चालु आर्थिक बर्षका लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमा समेटिएको बुँदाबमोजिम राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै आइटी क्षेत्रका उद्योगहरुलाई पनि आधारदरमा २ प्रतिशतभन्दा नबढाई ब्याजदर तोकेर कर्जा उपलब्ध गराउनुपर्ने बताएको हो ।

‘इजाजतपत्रप्राप्त संस्थाले २ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि (आयात सम्बन्धी व्यवसाय बाहेक) कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ ।’ सर्कलरमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्