Logo

नेपालमा ७० बढी विदेशी टेलिभिजन च्यानल बन्द, यस्तो छ कारण

नेपालमा ७० बढी विदेशी टेलिभिजन च्यानल बन्द, यस्तो छ कारण



काठमाडौं । नेपालमा ७० बढी विदेशी च्यानल बन्द भएका छन् । नेपालका टेलिभिजन सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाईडरहरुलाई बुझाउनुपर्ने पैसा नबुझाएपछि भारतीय च्यानलहरु नेपालमा संचालन हुन नसकेका हुन् ।

सरकारले केवल टेलिभिजन सेवाप्रदायकलाई विदेशी अपस्ट्रिम प्रोभाईडरहरुलाई भुक्तानी गर्नुपर्ने डलर सटहीको सिफारिस नगरिदिएपछि उनिहरुले भारतीय कम्पनीलाई पैसा बुझाउन सकेका छैनन् ।

भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्सले भुक्तानी सुविधा नपाएको भन्दै नेपालमा प्रसारण बन्द गरेको एक टेलिभिजन प्रसारकले बताए ।

यी चार नेटवर्कको प्याकेजमा नेपालमा करिब ७० वटा टीभी च्यानलहरू प्रसारण हुँदै आएका छन् । यी च्यानलहरुको लाईन बुधबार रातीदेखि नै काटिएको हो ।

गत वर्षदेखि लागु गरेको आलाकार्ट प्रणाली लागु नगरेको भन्दै सरकारले विदेशी टेलिभिजन वितरकहरूलाई रोयल्टी भुक्तानीका लागि सटही सुविधा दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्