Logo

मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउँदै सगुन, ८ लाख ६९ हजार कित्ता शेयर बिक्रीको तयारी

मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउँदै सगुन, ८ लाख ६९ हजार कित्ता शेयर बिक्रीको तयारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ । दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई(कमर्स सञ्जालको विस्तारका लागि मिनी आइपिओ मार्फत २० मिलियन अमेरिकी डलर अर्थात २ अर्व नेपाली रुपैयाँ लगानी जुटाउने तयारी गरेको हो । यसका लागि सगुनले ८ लाख ६९ हजार ५ सय ६४ कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको जानकारी दिएको छ ।

सगुनले मिनि(आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ । यसका लागि लगानी खुल्ला भएका बिश्वभरका देशहरुबाट सेयर खरिद गर्न सकिने छ। यो मिनि(आईपिओ बैङकरोल भेन्चर मार्फत गरिँदै आएको हो । बैङकरोल भेन्चर अमेरिकी वित्तीय उद्योग नियमन प्राधिकरणबाट प्रमाणित संस्था हो।

अमेरिकामा मिनि आइपिओको सबै तयारी गरेर संस्थापक गोविन्द गिरी अहिले भारत तथा नेपालको भ्रमणमा छन्। अमेरिकाको सेक्युरिटी एक्सचेन्ज कमिसनमा मिनि( आईपिओ स्विकृतिका लागि आवश्यक सबै कागजपत्रहरु सगुनका तर्फबाट पेश भइसकेको गिरीले जानकारी दिए । अमेरिकी सेक्युरिटी एक्सचेन्जबाट पूर्ण रुपमा स्वीकृति प्राप्त गर्न भने बढीमा ७० दिन लाग्ने छ । अमेरिकी सेक्युरिटी एक्सचेन्जको नयाँ नियम अनुसार सानो कम्पनीहरुले बढीमा ५० मिलियन डलर विभिन्न किसिमका लगानीकर्ताबाट १ बर्ष भित्र शेयर जारी गरेर उठाउन सक्ने प्रावधान छ ।

मिनि(आईपिओबाट उठेको रकम सगुनका विभिन्न चालू तथा आगामी परियोजनाहरुमा लगानी गरिनेछ । अमेरिका, भारत र नेपालमा सगुनको आवश्यक जनशक्ति उत्पादन, सगुनको प्रयोगशाला स्थापना, प्रविधी विकास तथा सुदृढीकरण, अनुसन्धान, बजारीकरण, ब्रान्डिङ र अन्य कामको लागि सो रकम खर्च हुने बताइएको छ ।

मिनि(आईपिओबाट उठेको रकम सगुनको विस्तारको लागि अर्को वर्षको अन्तिमसम्म खर्च गरिने संस्थापक गोविन्द्र गिरीले बताए। अमेरिका, भारत र नेपाल हुँदै दोस्रो चरणमा सगुन चिनियाँ बजारमा जाने योजनामा रहेको पनि गिरीले जानकारी गराए।

सगुनले अहिलेसम्म ५ लाख डलर आफ्नो साथिभाई र आफन्त सँग लगानीका रुपमा उठाएको छ । सगुनमा मासिक १३ हजारका दरले नयाँ प्रयोगकर्ताहरु आबद्ध भईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्