Logo

१२ अर्ब डलर मूल्यको स्टार्टअप २३ अर्ब डलरमा खरीद गर्न गुगल तयार, के छ खास ?

१२ अर्ब डलर मूल्यको स्टार्टअप २३ अर्ब डलरमा खरीद गर्न गुगल तयार, के छ खास ?



काठमाडौं । गुगलको माउ कमपनी अल्फाबेट, संसारको सबैभन्दा ठूलो टेक कम्पनीहरू मध्ये एक हो । जसले अहिलेसम्मकै सबैभन्दा ठूलो खरिदको लागि तयारी गर्दैछ । एक रिपोर्टअनुसार, कम्पनी तीब्रे गतिमा अगाडि बढ्दै गरेको साइबर सुरक्षा स्टार्टअप ‘विज’ प्राप्त गर्ने सम्झौतको नजिक छ । यो सम्झौता २३ बिलियन डलरको हुन सक्छ ।

यो कम्पनीले क्लाउड कम्प्युटिङका लागि साइबर सुरक्षा सफ्टवेयर बनाउँछ । यदि यो सम्झौता अगाडि बढ्यो भने, यो गुगलको सबैभन्दा ठूलो खरिद हुनेछ । रिपोर्टले यो पनि खुलासा गरेको छ कि गुगलले साइबर सुरक्षा बजारमा ठूलो बाजी खेल्ने तयारी गरिरहेको छ । विजले यस वर्ष उद्यम पुँजी लगानीकर्ताहरूबाट एक अर्ब डलर उठाएको थियो । त्यसपछि गुगल र विजबीच वार्ता सुरु भएको थियो ।

दुई कम्पनीबीचको सम्झौता अहिलेसम्म टुंगो नलागेको र भविष्यमा जे पनि हुनसक्ने स्रोतले जनाएको छ । यद्यपी दुबै कम्पनीले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । गुगलको इतिहासमा सबैभन्दा ठूलो सम्झौता मोटोरोलाको खरिद थियो । करिब एक दशकअघि गुगलले मोटोरोलालाई १२.५ बिलियन डलरमा किनेको थियो । तर, ठूलो घाटाका कारण गुगलले दुई वर्षपछि मात्रै मोटोरोला बेचेको थियो । भर्खरको कोष राउन्डमा, विजको मूल्य १२ बिलियन निर्धारण गरिएको थियो । यसको मतलब गुगलले यसलाई मूल्यांकन भन्दा दोब्बर मूल्य दिइरहेको छ ।

मार्च २०२२ मा, अल्फाबेटले साइबरसेक्युरिटी फर्म मन्डियन्टलाई ५.४ बिलियन डलरमा किन्यो । यसको उद्देश्य क्लाउड कम्प्युटिङ व्यवसायलाई बलियो बनाउनु र कम्पनीहरूलाई साइबर आक्रमणबाट बचाउनु थियो । कम्पनीले यसको मुख्य खोज विज्ञापन व्यवसाय भन्दा बाहिर आफ्नो राजस्व विविधीकरण गर्न चाहन्छ । यसमा, क्लाउडमा गुगलको मुख्य जोड छ ।

कम्पनीको क्लाउड बिक्री बढेको छ तर, यसले माइक्रोसफ्ट र अमेजनबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपरिरहेको छ । हालका वर्षहरूमा क्लाउड कम्प्युटिङको महत्व बढ्दै गएको छ । कम्पनीहरूले आफ्नो डाटा क्लाउड प्लेटफर्ममा सार्न धेरै खर्च गरेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL