Logo

नेपालमा भाइबरको ‘फ्रि भाइबर क्षेत्र’ घोषणा, विभिन्न ५ स्थानमा उपलब्ध

नेपालमा भाइबरको ‘फ्रि भाइबर क्षेत्र’ घोषणा, विभिन्न ५ स्थानमा उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भाइबरले काठमाडौं उपत्यका भित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराएको हो ।

भाइबरले विभिन्न संघ संस्था, ब्राण्ड र चर्चित व्यक्तित्वलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याट मार्फत सम्पर्क बनाइराख्न उक्त सेवा उपलब्ध गराएको हो । यही २०७३ असोज २२ गतेदेखि लागू हुने फ्रि भाइबर क्षेत्रको नयाँ सेवा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड– ताम्राकार हाउसको अगाडी) गरी ५ स्थानमा उपलब्ध हुनेछ ।

सुबिसु केबल नेटद्वारा उपलब्ध यी फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताहरुले असीमित रुपमा निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्न सक्नेछन् । जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् ।

‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं,’ भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भने, ‘महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ ।’ भाइबरले दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनिनेपालभर सित्तैंमा प्रस्तुत गरेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्