Logo

एनटिसीको थ्रीजी सेवा ७५ वटै जिल्लामा , उच्च गतिको डाटा डाउनलोड तथा अपलोड सुविधा

एनटिसीको थ्रीजी सेवा ७५ वटै जिल्लामा , उच्च गतिको डाटा डाउनलोड तथा अपलोड सुविधा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसउम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते यो सेवा सञ्चालन आरम्भ गरेको हो ।

नेपाल टेलिकमले जिएसएक मोवाइलमा सेवा २०६४ जेठ ३ गतेदेखि थ्रीजी सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको सो सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।

थ्रीजी मार्फत मार्पmत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराएको हो ।

नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत रु. ४० मा ५ सय एमबी र रु. ८५ मा १२ सय एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेसल ५०० एमवी वा स्पेसल २०० एमवि लेखेर १४१५ मा पठाउनुपर्ने छ । त्यस्तै पोष्टपेड प्रयोगकर्ताले १४०० मा एसएमएस गर्नुपर्ने छ ।

त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १ सय एमबीको डाटा रु. ५० मा र २५० एमबीको डाटा रु. १ सयमा उपलब्ध गराइएको छ ।
सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।

यो प्याकेज लिन जीएसएम वा सीडीएमए प्रिपेडका लागि डाटा १०० एमवी वा डाटा २५० एमवी लेखेर १४१५ र पोष्टपेडका लागि १४०० मा एसएमएस गनुृपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्