Logo

स्याटालाइट राख्न एनटिएद्धारा विदेशी कम्पनीका लागि टेन्डर आवह्वान, नोभेम्वर ११सम्म आशयपत्र बुझाउन पाउने

स्याटालाइट राख्न एनटिएद्धारा विदेशी कम्पनीका लागि टेन्डर आवह्वान, नोभेम्वर ११सम्म आशयपत्र बुझाउन पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भू उपग्रह(स्याटालाइट) राख्न अन्तरराष्ट्रिय स्तरको टेन्डर आवह्वान गरेको छ । एनटिएले विदेशी लगानीकर्ता लाई लक्षित गर्दै बिहीवार आशयपत्र माग गरेर सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

नेपालबाट बार्षिक रुपमा अर्वौ रुपैयाँ बाहिरिरहेको अवस्थामा प्राधिकरणले नेपालकै स्याटालाइट स्थापना गर्न लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । प्रतिशपर्धाका आधारमा विदेशी लगानीकर्तालाई स्याटालाइट राख्न आवह्वान गरेको हो ।

यसअघि स्याटालाइट राख्न नेपाली कम्पनीबारे अध्ययन भएपनि कुनै पनि योग्य नदेखिएकोले अन्तरराष्ट्रिय लगानीकर्ता खोज्न लागेको अर्यालले बताए । ‘नेपाली कम्पनीसँग स्याटालाइट सम्वन्धी प्राविधिक ज्ञान तथा लगानीको कमी भएकोले अन्तरराष्ट्रिय कम्पनी खोजेका हौं ’ उनले भने ।

प्राधिकरणका अनुसार इच्छुक कम्पनीले आगामी नोभेम्वर ११ भित्र आशयपत्र पेस गर्नुपर्ने छ । कम्पनीको आर्थिक क्षमता, प्राविधिक क्षमता,‘वर्क एक्सपेरियन्स’, ‘अपरेसनल एक्सपेरियन्स’लगायतको आधारमा छानिने छ ।

स्याटालाइट सम्वन्धि कम्तिमा ५ देखि १० बर्षको अनुभव भएको कम्पनीमात्र छनौट गरिने छ । आवेदन दिँदा अंग्रेजी भाषाको प्रयोग अनिवार्य छ ।
आशयपत्रमा कम्पनीबारे गलत सूचना उल्लेख गरेको पाइएको अवस्थामा रद्द गरिने बताइएको छ ।

नेपाललाई ८० डिग्री पूर्वी देशान्तरदेखि ८९ पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ उपयुक्त हुने उनीहरूको निष्कर्ष थियो । आईटीयूले दिएकै स्थानमा स्याटलाइट राख्दा त्यसको ‘फुटप्रिन्ट’ नेपालमाभन्दा अन्य मुलुकमा पर्ने भएकाले लागत बढी पनि उनीहरूको ठहर थियो ।

मन्त्रालयले तीन वर्षअघि गराएको प्रारम्भिक अध्ययनमा नेपालले स्याटलाइट राख्नका लागि शुरुमा ३० अर्ब खर्च गर्नुपर्ने देखाएको थियो । त्यस्तै स्याटलाइट राखिसकेपछि पनि १५ वर्षभित्र अर्को ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्