Logo

एनसेलले ल्यायो डे डेटा प्याक अफर, प्रतिएमबि १३ पैसामा ईन्टरनेट

एनसेलले ल्यायो डे डेटा प्याक अफर, प्रतिएमबि १३ पैसामा ईन्टरनेट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वलाई लक्षित गर्दै डे डाटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न डे डेटा प्याक ल्याएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सेवा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म कर बाहेक प्रतिएमवि १३ पैसामा डाटा प्रयोग गर्न सकिने छ । यो योजना आजदेखि लागू हुने छ । योजनामा समावेश हुन ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्नेछन् ।

१०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबि २० पैसामा ईन्टरनेट सेवालिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक ८० रुपैयाँमा खरिद गर्न सक्नेछन् जसको प्रति एमबि १६ पैसा मात्र पर्ने छ । यसैगरी २ हजार एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक भने २ सय ५० रुपैयाँमा खरिद गरी प्रतिएमबि १३ पैसामा चलाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्तजानकारी अनुसार सुचारु गर्न सकिने छ । साथै आफूले लिनचाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनियीप्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याकलिनचाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् ।

चाडपर्वको बेलामा आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्नका लागि डे डाटा प्याकले थप सहयोग पुग्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ भने थप लाभ प्रदान गर्नेछ,’ शर्माले भने ।

यो अफर आफ्नो आवश्यकता अनुसार ग्राहकले जति पटक पनिलिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक ३ रुपैयाँ प्रतिएमबि शुल्क लागु हुनेछ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL