Logo

एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर, आजबाट ९० दिनसम्म लागू

एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर, आजबाट ९० दिनसम्म लागू


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले दशै तिहारजस्ता चाडपर्वलाई लक्षित गरी ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।

चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदानगर्ने उद्देश्यले ल्याएको यो योजना बिहीबार (आज) बाट लागु भएको छ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन् । सहभागितासँगै ग्राहकले बोनस प्राप्तगर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बित्तिकै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्तगर्न सक्नेछन् ।

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कलगर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरातसम्म मान्य हुनेछ ।

भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले १७१२४ मा खाली म्यासेज (ब्ल्याङ्क म्यासेज) पठाई आफुले प्रयोग गरेको रकमको जानकारी पाउन सक्नेछन् ।

चाडपर्वको बेलामा आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग अझ बढि सम्पर्कमा रहनका लागि सो योजना ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘ग्राहकको सोही चाहनालाई कदर गर्दै यो योजना ल्याएको छौं,’ उनले भने, ‘यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजन सँगअझ बढी सम्पर्कमा रहन सहज बनाउने छ ।’ साथै सो योजना ९० दिनसम्मको लागि मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL