Logo

चाडपर्वमा टेलिकमको छुटै छुट, डाटा प्याक खरिद गर्दा निःशूल्क भ्वाइस कल

चाडपर्वमा टेलिकमको छुटै छुट, डाटा प्याक खरिद गर्दा निःशूल्क भ्वाइस कल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वकोे अवसरमा आफ्ना सेवामा व्यापक छुटको घोषणा गरेको छ । टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड ग्राहलाई दशै तिहार तथा छठको अवसरमा डाटा प्याकको खरिदमा निःशूल्क भ्वाइस तथा एसएमएस सुविधा उपलब्ध गराउने जनाएको छ । जस अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म ५० रूपैयाँ एक सय एमबी र एक सय रूपैयाँ २५० एमबी डाटा खरिद गर्न सकिनेछ ।

पाँच दिनसम्म प्रयोग गर्नसकिने १ सय एमबी र १० दिनसम्म अवधि रहेको २ सय ५० एमबी डाटाको खरिदमा ग्राहकले क्रमशः १० मिनेट भ्वाइस कल तथा १० ओटा एसएमएस र २५ मिनेट भ्वाइस कल तथा २५ ओटा एसएमएस निःशूल्क प्रयोग गर्न सक्नेछन् ।

राती १० बजेदेखि बिहान ६ बजेसम्म ४० रूपैयाँ ५ सय एमबी र ८५ रूपैयाँमा १२०० एमबी सहितको नाइट डाटा अफर पनि टेलिकमले उपलब्ध गराएको छ । यी डाटा भोलुमको अवधि सात दिन र १५ दिन रहनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमले यसबीचमा भ्वाइस तथा एसएमएसमा पनि छुट उपलब्ध गराउने भएको छ । असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २१ सम्म लागु हुने यो योजनामा भ्वाइसमा १० प्रतिशत र एसएमएसमा ५० प्रतिशत छुटको घोषणा टेलिकमले गरेको छ ।
स्थानीय टेलिफोन(पीएसटीएन)मा २ सय रूपैयाँमा २७५ ओटा निःशुल्क कल असोज र कात्तिक महिना भरलाई उपलब्ध गराउने योजना पनि समेटिएको छ ।

त्यस्तै एडीएसएल, वाइम्याक्स एफटीटीएच मार्फत इण्टरनेट सेवा प्रयोग गरिरहेका भोलुम बेस्ड र अनलिमिटेड प्रयोगकर्ताका लागि समय पनि थप हुने भएको छ । सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म अवधि सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म अवधि सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ ।

जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपोस प्रविधि मार्फत एक सय भन्दा माथिको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम पनि ग्राहकले पाउने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्