Logo

मध्यपहाडी लोकमार्गमा २ बर्षभित्र अप्टिकल फाइवर विच्छ्याइने, एनटिए र टेलिकमवीच सम्झौता

मध्यपहाडी लोकमार्गमा २ बर्षभित्र अप्टिकल फाइवर विच्छ्याइने, एनटिए र टेलिकमवीच सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विच्छ्याउने भएको छ । बुधवार एक कार्यक्रमवीच नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमवीच सम्झौता भएको हो । सम्झौतापत्रमा एनटिएका अध्यक्ष दिगम्वर झा र टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरे ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले लामो समयदेखि अनिर्णित रुपमा रहेको आरटीडिएफ सहि ठाउँमा प्रयोग हुन लागेको बताए । साथै दूरसञ्चारमा सवैको पहुँच पुर्याउने सरकारको नीति अनुरुप काम भएको जानकारी दिए । सचिव थपलियाले हालसम्म यति ठूलो सम्झौता नभएकोले यसले एउटा इतिहास कायम गरेको बताए ।

त्यस्तै टेलिकमका लागि यो निकै ठूलो अवसर भएको जिकिर गरे । ‘नेपाल टेलिकमका लागि यो ठूलो अवसर हो उनले भने ‘यसलाई चुनौतीको रुपमा लिनु कमजोरी हुनेछ ।’

कार्यक्रममा एनटिएका अध्यक्ष दिगम्वर झाले जनतालाई बोर्ड व्याण्डको पहुँचमा पुर्याउने उद्देश्यका साथ सम्झौता भएको र यससँगै अव हरेक गाउँपालिकामा इन्टरनेट पुर्याउने योजना रहेको जानकारी दिए । साथै उनले लोकमार्ग पुरै कालोपत्रे नभएकोले त्यस्ता डाउँमा माइक्रोवेभ प्रयोग गरिने बताए ।

सो अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामीनी राजभण्डारीले यो परियोजना आगामी २ बर्षभित्र सम्पन्न गर्ने बताइन् । यसले आर्थिक,सामाजिक तथा अन्यविकासमा समेत टेवा पुर्याउने भएकोले यसलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् । ‘ अप्टिकल फाइवर २ बर्षभित्र विच्छ्याइसक्न प्रोजेक्ट खडा गरेका छौं,’ उनले भनिन् ‘अव छिटै काम शुरु गर्ने छौं ।’

प्रवन्ध निर्देशक राजभण्डारीले अधिकांश ठाउँमा ट्रयाक नखोलेको तथा सरकारी तथा निजी जग्गामा पोल गाड्न केही अप्ठ्यारो हुो जानकारी दिइन् । तर एनटिएले सहयोग गरेको अवस्थामा २ बर्षभन्दा अघि नै काम सम्पन्न गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्