Logo

मोटोरोलाको कथा : एक सय वर्षको इतिहास, त्यो सफलता र यो अवस्था

मोटोरोलाको कथा : एक सय वर्षको इतिहास, त्यो सफलता र यो अवस्था



काठमाडौं । ‘मोटोरोला’ यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा कुन प्रडक्ट आउँछ यो प्रश्नको उत्तर तपाईको उमेरमा निर्भर गर्दछ । यदि तपाईंको जन्म मिति १९८० देखि १९९५ बीचमा भएको हो भने तपाईंले बेसिक मोबाइल सम्झनुहुनेछ । यदि जन्म मिति त्योभन्दा पहिले हो भने तपाईंले रेडियो संचारमा यसको प्रयोग सुन्नु भएको हुन सक्छ । सन् १९२८ मा अमेरिकाको इलिनोइसमा पल गाल्भिन र जोसेफ नामका दुई दाजुभाइले ग्याल्भिन निर्माण कम्पनीको जग बसालेका थिए । जुन पछि मोटोरोलाको रूपमा लोकप्रिय भयो ।

मोटोरोला आज एक प्रसिद्ध नाम हो । बजेटदेखि फ्ल्यागशिपसम्म कुनैपनि वर्गमा मोटोरोला कम्पनीका फोनहरू बजारमा उपलब्ध छन् । हाल, मोटोरोलाले बजारमा नवीनतम सुविधाहरू सहित फोनहरू लन्च गरिरहेको छ । आजकल मानिसहरूले कम्पनीलाई यसको स्मार्टफोनका कारण मात्र चिन्छन् । तर, एक समय थियो जब कम्पनी फोनको लागि होइन, अर्कै चीजको लागि प्रसिद्ध थियो । पछि मोटोरोलाले महसुस गर्यो कि योमात्र पर्याप्त छैन र केही नयाँ गर्नुपर्छ । यहीँबाट आजको मोटोरोला र तत्कालीन ब्याट्री एलिमिनेटर उत्पादन गर्ने कम्पनी ग्याल्भिन म्यानुफ्याक्चरिङले मोटोरोलाको यात्रा तय गर्यो । आजको लेखमा हामी तपाईलाई मोटोरोलाको यात्रामा लैजानेछौँ ।

यसरी सुरु भयो यात्रा…

मोटोरोलाको कथा लगभग १०० वर्ष पहिले सुरु भयो । सन १९२८ मा दुई भाइहरूले ग्याल्विन निर्माण कम्पनी सुरु गरेका थिए । पल गाल्भिन र जोसेफ नामका दुई भाइहरूसँग पूँजी कम थियो तर, उद्देश्य ठूलो थियो । कम्पनी इलिनोइस, संयुक्त राज्य अमेरिकामा सुरु भएको थियो । कम्पनीले सुरुका दिनहरूमा ब्याट्री एलिमिनेटरहरू उत्पादन गर्दथ्यो । त्यतिबेला फोन उत्पादन गर्ने मनसाय थिएन । त्यतिबेला मोटोरोलाले सञ्चार उपकरण बनाउनमा मात्र ध्यान दिइरहेको थियो र यो क्रम केही वर्षसम्म चलिरह्यो ।

कम्पनीले ब्याट्री एलिमिनेटरहरू उत्पादन गरेर आफ्नो यात्रा सुरु गरेको हो । जुन २३, १९३० मा यी भाइहरूको कडा परिश्रमले मूर्त रुप पायो र उनीहरूले पहिलो कार रेडियो ३० डलरमा विक्री गरे । जसलाई ‘मोटोरोला कार रेडियो’ नाम दिइएको थियो । यही समयमा कम्पनीले प्रहरी विभागलाई कार रेडियो रिसिभरहरू पनि बेच्न थाल्यो । सान १९४३ मा मोटोरोला कम्पनीले अपग्रेड गर्यो र एफएम वाकीटाकी निर्माण गर्यो । सिपाहीहरूले यसलाई सजिलैसँग आफ्नो ब्याकप्याकमा बोक्न सक्थे जब कम्पनीले यसको रेडियो ३० डलरमा मा बेच्यो यो धेरै लोकप्रिय भयो किनभने यो सस्तो थियो । यस लोकप्रियतालाई ध्यानमा राख्दै, सन १९४७ मा कम्पनीको नाम ‘ग्याल्विन म्यानुफ्याक्चरिङ’ बाट ‘मोटोरोला इन्कर्पोरेट’ मा परिवर्तन भयो ।

१९३६ मा अर्को सफलता

जुन २३, १९३० पछि माटोरोला इककर्पोरेटेडको अर्को ठूलो सफलता १९३६ मा थियो । जब कम्पनीले पुलिस क्रूजर रेडियो रिसिभर प्रस्तुत गर्यो । यो धेरै ठाउँमा प्रयोग भएको थियो । यसपछि मोटोरोलाको वास्तविक यात्रा सुरु भयो जुन आजसम्म तीब्र गतिमा चलिरहेको छ । कम्पनीले १९४० मा पोर्टेबल वाकीटाकी बनाउन सुरु गर्यो । दोस्रो विश्वयुद्धमा पनि मोटोरोलाको वाकीटाकी प्रयोग भयो । सन १९६० एस्ट्रोनेट टेलिभिजन, १९८३ मा पोर्टेबल सेलफोन र १९९२ मा संसारको पहिलो फ्लिप फोनलगायत कम्पनीले धेरै नयाँ कीर्तिमान कायम गरेको छ ।

सन २०१ कम्पनीको यात्रा शानदार रूपमा अगाडि बढ्यो । तर, अर्को वर्ष २०११ मा कम्पनीलाई दुई भागमा विभाजन गर्नुपर्यो । पहिलो भागको नाम मोटोरोला सोलुसन र दोस्रो भागको नाम मोटोरोला मोबिलिटी राखिएको थियो । मोटोरोला सोलुसन्सले हाल भिडियो सेक्युरिटी, मोबाइल रेडियो कम्युनिकेसन, कमाण्ड सेन्टरमा काम गर्छ, जबकि मोटोरोला मोबिलिटीले स्मार्टफोन र अन्य चीजहरू निर्माण गर्छ ।

मोटोरोला दुईपटक बिक्री भयो

सन २०१२ मा मोटोरोला मोबिलिटीको स्वामित्व गुगलमा गयो । तर केही वर्षपछि लेनोभोले कम्पनीको नेतृत्व लियो । त्यसपछि उक्त डिभाइस मोटोरोलाको नभई लेनोभोको नामबाट बजारमा आउने निर्णय भएको थियो । तर, कम्पनीका मालिकले सोचेजस्तो हुन सकेन र यो निर्णय पनि केही समयको लागिमात्र रह्यो । त्यसपछि मोटोरोलाको नाममा स्मार्टफोन बजारमा आउन थाले ।

हाल कम्पनीले स्मार्टफोन बजारमा आफ्नो पुरानो ख्याति र विश्वसनीयतालाई फिर्ता ल्याउन सघर्ष गरिरहेको छ । कम्पनीले सन २०२० मा एकपछि अर्को स्मार्टफोन लन्च गरेर कम्पनीले गुमेको विश्वसनीयता फिर्ता ल्याउने प्रयास गरिरहेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL