Logo

माइक्रोम्याक्सको क्यु ४६२ क्यानभास मोवाइल नेपाली बजारमा, बजार मूल्य १२ हजार

माइक्रोम्याक्सको क्यु ४६२ क्यानभास मोवाइल नेपाली बजारमा, बजार मूल्य १२ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माइक्रोम्याक्स मोवाइले नेपाली बजारमा आफ्नो नयाँ भर्सन क्यु ४६२ क्यानभास भित्र्याएको छ । माइक्रोम्याक्सको नेपाल स्थित आधिकारीक विक्रेता पशुपति ट्रेड लिङ्कले उक्त मोवाइल नेपाली बजारमा भित्रयाएको हो ।

भर्खरै नेपाली बजारमा भित्रिएको क्यु ४६२ मा विशेष किसिमको प्रोसेसर रहेको कम्पनीले जानकारी दिएको छ । १ गिगाहर्ज क्वार्ड कोर प्रोसेसरद्वारा संचालित सो मोवाइलमा १६ जीवी रोम रहेको छ । ५ इञ्जको एचडी डिस्प्ले रहेको सो मोवाइलमा २ हजार एमएएच क्षमताको व्याट्रि रहेको छ ।

सो मोवाइलमा ८ मेगा पिक्सेलको अटोफोकस रियर क्यामेरा र ८ मेगा पिक्सेलकै फ्रण्ट क्यामेरा रहेको छ । कम्पनीले सो फोनको बजार मूल्य १२ हजार १ सय रुपैयाँ तोकेको छ ।

फोनमा २ जिवी ¥याम, १६ जिवी रोम भएकोमा त्यसालाई विस्तार गरी ३२ जिवीसम्म बनाउन समिने छ । २ वटा सिमकार्ड सपोर्ट गर्ने सो मोवाइलमा फोर जी नेटवर्क सपोर्ट गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्