काठमाडौं । नेपाल टेलिकमले जेठ १५ अर्थात गणतन्त्र दिवसको अवसरमा रिपब्लिक डे अफर सार्वजनिक गरेको छ । सोमबारदेखि नै प्रारम्भ हुनेगरी जेठ १६ गतेसम्मका लागि कम्पनीले विभिन्न आकर्षित प्याकहरुसहितको उक्त् अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ जीबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत ७ सय ९८ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।