Logo

फाइभजी परीक्षणका लागि पौने २ करोड खर्च, नतिजा शुन्य

फाइभजी परीक्षणका लागि पौने २ करोड खर्च, नतिजा शुन्य



काठमाडौं । नेपाल टेलिकमले नेपालमा फाइभ जी परिक्षणका लागि भन्दै हालसम्म झण्डै पौने २ करोड रुपैयाँ खर्च गरेपनि त्यसको नतिजा भने शुन्य देखिएको छ । कम्पनीले चालु बर्ष फाइभ जी प्रविधिको उपयोगिता परीक्षण गर्नको लागि १ करोड ८४ लाख ३८ हजार रुपैयाँ खर्च गरेतापनि फाइभ जी कार्यान्वयनको आवश्यकताको मूल्यांकनमा प्रभावकारी प्रगति नभएको हो ।

आईतबार सार्वजनिक गरिएको महालेखापरिक्षकको ६१ औं बार्षिक प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।

प्रविधिमा आएको परिवर्तन, प्रतिस्पर्धाको अवस्था, फाइबजी प्रविधि कार्यान्वयनको ढिलाईबाट भविष्यमा आउन सक्ने चुनौती र राजस्व प्राप्तिमा पर्न सक्ने प्रभावसमेतलाई ध्यान दिई कम्पनीले प्रविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।

विश्वका विभिन्न देशले फाइ जी प्रविधिमा आधारित मोबाइल सेवा सुरु गर्न थालेको १० बर्ष पुग्न लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL