Logo

दूरसंचार प्राधिकरणले गर्याे अपारदर्शी रुपमा साढे ६ करोड पटके खर्च, पारदर्शी बनाउन सुझाव

दूरसंचार प्राधिकरणले गर्याे अपारदर्शी रुपमा साढे ६ करोड पटके खर्च, पारदर्शी बनाउन सुझाव



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले साढे ६ करोड रुपैयाँ बढी पटके र अपारदर्शी खर्च गरेको पाईएको छ । आईतबार सार्वजनिक गरिएको महालेखापरिक्षकको ६१ औं प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।

प्रतिवेदनमा प्राधिकरणले ६ करोड ५५ लाख रुपैयाँ पटके र अपारदर्शी खर्च गरेको उल्लेख छ । जसमा गैरसरकारी संस्था र निजी क्षेत्रका कार्यक्रम संचालन गरेको, विभिन्न जिल्लामा कम्प्युटर तथा मोबाईल मर्मत तालिक आयोजना गरेकोलगायतका लागि ४ अर्ब २१ करोड रुपैयाँ अपारदर्शी तरिकाले भुक्तानी गरेको हो ।

यस्तै विज्ञापनवापत भन्दै विभिन्न ४ सय १६ कम्पनीहरुलाई २ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ । ती कारोबारहरुमा खर्च गर्ने आधार र मापदण्ड नबनाएको, पटके रुपमा निश्चित वर्ग र क्षेत्रलाई मात्रै फाईना पुग्नेगरी रकम खर्च गरेको र प्रतिस्पर्धा बेगर खर्च गरेको पाईएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL