Logo

टेलिकमको नवनियुक्त प्रवन्ध निर्देशक राजभण्डारीले गरिन पदभार ग्रहण, डाटा सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता

टेलिकमको नवनियुक्त प्रवन्ध निर्देशक राजभण्डारीले गरिन पदभार ग्रहण, डाटा सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमका पहिलो महिला प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले पदभार ग्रहण गरेकी छिन् । सरकार मन्त्रीपरिषद्को असोज ६ गतेको निर्णयले उनी प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकि हुन् ।

उनी तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । यसअघि राजभण्डारी टेलिकममा प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो । टेलिकममा बरिष्ठत नायव प्रबन्ध निर्देशक मध्ये थिइन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने तथा प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् । साथै डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजनाहरु समयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउन लागि पर्ने समेत उनले बताइन् ।

राजभण्डारीले आगामी दिनमा परिवर्तित संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध र समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताइन् । साथै नेपाल टेलिकमको प्रबन्ध निर्देशक जस्तो उच्च पदमा आपूmलाई नियुक्त गरेकोमा नेपाल सरकार र सम्बन्धित सवैप्रति आभार प्रकट गरिन् ।

सो अवसरमा बरिष्ठ नायव प्रबन्ध निर्देशक सूर्यक्त पोखरेल र मानव संसाधन व्यवस्थापन प्रमुख रविन्द्र झाले स्वागत गर्दै राजभण्डारीको नेतृत्वमा कम्पनीलाई अघि बढाउन निरन्तर साथ सहयोग रहने बताए । कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत, नायव प्रबन्ध निर्देशक, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, कम्पनीमा आवद्ध कर्मचारी युनियनका पदाधिकारीहरुलगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक गरेकी थिइन् । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा एमविए गर्नु भएको छ । नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारी २०४२ असोज १ गते इञ्जिनियरको रुपमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी हुन् ।

कम्पनीका विभिन्न निर्देशनालय तथा विभागमा प्रमुख भई कार्य गर्नु भएका राजभण्डारी ०६३ कात्तिक १९ मा प्रबन्धक पदमा बढुवा हुनु भएको थियो । त्यसैगरी २०७१ असारमा नायब प्रबन्ध निर्देशकको पदमा पदोन्नति भएकी हुन् ।

उनी २०७२ माघ २९ देखि प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् । उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ । त्यस्तै योजना, परियोजना सञ्चालन, मर्मत सम्भार, स्पेसिफिकेसन तयारी, अनुगमन तथा मूल्यांकन जस्ता क्षेत्रमा विशेष दख्खल छ । नेपाल इञ्जिनियर्स एसोसिएसनले २०७३ साउनमा ‘आउटस्ट्यान्डिङ वुमन इञ्जिनियर अफ द इयर’ बाट सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्