Logo

एनसेल मेला सम्पन्न, खुसीयाली साट्दै चाडपर्वको शुभकामना आदान प्रदान

एनसेल मेला सम्पन्न, खुसीयाली साट्दै चाडपर्वको शुभकामना आदान प्रदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्य रुपमा सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको थियो ।

भदौ ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो ।

मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोनलगायत थिए । त्यस्तै कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरु गाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए ।

मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए । एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको बताए । मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिन पाएका थिए ।

डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको थियो । त्यसैगरी, एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए ।

मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकर्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । मेलामा नेपाली, भारतीय, चीनियाँ खानाको आगन्तुकहरुले आनन्द लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्