Logo

भारतमा फेरी अर्को ‘प्राइस वार’, एयरटेलले फोरजी प्रयोगकर्तालाई निःशूल्क डाटा दिने

भारतमा फेरी अर्को ‘प्राइस वार’, एयरटेलले फोरजी प्रयोगकर्तालाई निःशूल्क डाटा दिने


बिजखबर संवाददाता
0
Shares

भारतीय दुरसञ्चार क्षेत्रको माहौल यतिबेला निकै रमाइलो बन्दै गएको छ । आफ्ना फोरजी प्रयोगकर्तालाई रिलायन्सले निःशूल्क कल र डाटा प्याक सेवा सुरु गरेपछि त्यहाँको दुरसञ्चार बजारमा एक किसिमले भिडन्त नै सुरू भएको छ ।

निःशूल्क सेवा दिने होडबाजीमा मिडियामा बीएसएनएलको ‘लाइ्फटाइम फ्रि कल’को योजना बाहिर आएको अर्को दिननै एयरटेलले यस्तै किसिमको अर्को घोषणा गरेको छ । सुनिल भारती मित्तलको भारती एयरटेलले आफ्ना फोरजी प्रयोगकर्तालाई ९० दिनको निःशूल्क डाटा प्लान सार्वजनिक गरेको हो ।

एक हजार ४९४ भारतीय रुपियाँको यो प्याक पुराना प्रयोगकर्ताका लागि भने एक रूपैयाँ बढी तोकिएको छ ।

प्याक खरिद गरेपछि फोरजी प्रयोगकर्ताले सिमित डाटाको परवाह नगरी जुनसुकै समयमा इण्टरनेट प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीले दिल्लीका लागि मात्र सुरू गरेको यो सुविधा केहि दिनमै अन्य सहरमा पनि पु¥याउने जानकारी दिएको छ । एयरटेल भारतको सबैभन्दा धेरै ग्राहकसङ्ख्या भएको दुरसञ्चार कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्