Logo

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा



काठमाडौं । सरकारको बहुमत सेयर रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आय घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको आय ६.०३ प्रतिशतले घटेको हो ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवकाे सोही अवधिमा यस्तो आम्दानी घटेर ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँमा सीमित भएको हो ।

आम्दानीमा गिरावट आएपनि कम्पनीको खुद मुनाफामा भने वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो । गत आवको यहि अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यससँगै कम्पनीको प्रतिसेयर आम्दानी ४१.४४ रुपैयाँ पुगेको छ ।

कम्पनीले पछिल्लो समय बढिरहेको ओटीटी सेवाको प्रयोगका कारण अन्तरआवद्धता आयमा भने गिरावट आएको बताएको छ । यस्तो आयमा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ९४ करोड ४९ लाख २९ हजारले गिरावट आएको हो ।

यस्तै सरकारी स्वामित्वको कम्पनी भएकै कारण दूर्गम र विकट अर्थात लागत नउठ्ने स्थानमा पनि सेवा प्रवाह गरिरहनुपरेकाले कम्पनीको लागत बढेको बताईएको छ ।

पछिल्लो समय घटेको बैंक ब्याजदरका कारण पनि कम्पनीको वित्तीय आम्दानीमा ५० करोड रुपैयाँको गिरावट आएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL