Logo

एनसेल मेलासँगै रमायो बुटवल, लुम्बिनी अन्चलका १० आधिकारिक रिटेलरलाई उपहार

एनसेल मेलासँगै रमायो बुटवल, लुम्बिनी अन्चलका १० आधिकारिक रिटेलरलाई उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि—ब्राण्डिङ पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकसँग साट्न मेलाको आयोजना गरेको हो ।

मेला बिहान ११ बजे शुरु भएको थियो । चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाकाविषेश आर्कषणहरु थिए । चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य,लाउरे, डिजे रुपेश र सांगीतिक समुहएक्स व्याण्डको प्रस्तुती थियो ।

मेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड लागेको बताइएको छ । चंगा चेट प्रतियोगितामा दर्शकहरुले रमाईलो गरे । एनसेल हाईटेक जोनमादर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए । सिद्घेश्वरी मैदानमा मयुर नाच,लाखे नाच रदशैं पिंङले मेलाअझ रोचक बनाएको थियो ।

मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । सुट द रावण, मिनीबास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोललगायत गेम स्टलहरुमा युवाहरुकोे भिड रहेको बताइएको छ ।

मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने लुम्बिनी अन्चलका आफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहार प्रदान गरेको छ । रिटेलरहरुले गरेको बिक्रीका आधारमा उनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायत उपहार प्रदान गरिएको थियो ।

मेलामा बालबालिकाका लागि किडस् जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । बुटवल पश्चात एनसेल मेला असोज ६ मा धरान शहर हुँदै असोज ८ गते बिर्तामोडमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्