Logo

नेपाली बजारमा भित्रियो मेजु स्मार्ट फोन, बजार मूल्य २५ हजारसम्म

नेपाली बजारमा भित्रियो मेजु स्मार्ट फोन, बजार मूल्य २५ हजारसम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेजु ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । चाइनिज स्मार्टफोन निर्माता कम्पनी मेजुले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीले नेपाली बजारमा २ वटा मोडलमा स्मार्टफोन सार्वजनिक गरेको हो । आज एक कार्यक्रमबीच मेजुको एम३ नोट र एम३ एस मोवाइल नेपाली बजारमा भित्र्याएको हो । सो फोनलाई नेपाली बजारमा युवीक्युटी प्रालीले भित्र्याएको हो । उक्त फोनको बजार मूल्य २२ हजार र २५ हजार रुपैयाँ रहेको छ ।

मेजुको फोनमा १३ मेगा पिक्सेलको रियर र ५ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा रहेको छ । यसमा ३ जीवी ¥याम, ३२ जीवी इन्टरनल मेमोरी रहेको छ भने ४१०० एमएमको ब्याट्रि रहेको छ । जसले गर्दा फोनलाई एकपटक चार्ज गरेपछि लामो समयसम्म चलाउन सकिने छ । उक्त फोनको अगाडी भागमै फ्रिन्गर सेन्सर रहेको छ । उक्त फोनलाई फ्रिङ्ग फ्रिण्टको सहायताबाट शुन्य दशमलव २ सेकेन्डमै सहज रुपमा पहिचान गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL