Logo

सोमवार बुटवलका दर्शकलाई नचाउँदै एनसेल मेला, धरान र विर्तामोड पनि पुग्ने

सोमवार बुटवलका दर्शकलाई नचाउँदै एनसेल मेला, धरान र विर्तामोड पनि पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित मेला आयोजना गर्दै छ ।
नारायणगढ र पोखराबाट एनसेलले बुटवलमा मेला आयोजना गर्न लागेको हो ।

मेला बिहान ११ बजे देखि शुरु हुनेछ । विविध कार्यक्रमसहित साँझ सम्म चल्ने छ । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन, फुड स्टलहरु र एनसेलजोन रहने छन् ।

सबै उमेरका दर्शकहरुको मनोरञ्जनको लागि विशेष ध्यान राख्दै एनसेल मेलामा विविधकार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको बताइएको छ ।
गेम स्टलहरुमा सुट द रावण, मिनीबास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछ ।

बालबालिकाकालागि किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविधआकार्षणहरु रहनेछन् । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रोचक कार्यक्रमहरु पनि मेलामा रहनेछन् ।

मेलाको मुख्यआकर्षण कन्सर्ट हुनेछ । मेलामासुगमपोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने विश्वास लिईएको छ ।
मेलामा फुड स्टलहरु पनि रहने छ जहाँ आगन्तुकहरुले नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन सक्नेछन् ।

नारायणगढबाट शुरु भएको एनसेल मेला असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्