Logo

खुसीयाली साट्न एनसेल पोखरामा, रोचक कार्यक्रम र कन्सर्टको मनोरञ्जन

खुसीयाली साट्न एनसेल पोखरामा, रोचक कार्यक्रम र कन्सर्टको मनोरञ्जन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम एनसेल मेलाको आयोजना गर्दै छ ।

देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट शुरु भएको हो । विविध रोचक कार्यक्रहरु र कन्सर्ट  सहित मेला ११ बजे देखि शुरु भई साझ सम्म चल्ने बताइएको छ ।

चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विशेष आकर्षणहरु हुन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने विश्वास लिईएको छ ।

मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहेको छ । गायक सुगम पोख्रल, शिव परियार र मिलन अमात्यले आफ्नो उत्कृष्ट गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । साथै अन्य कलाकार लाउरे र एक्स व्याण्डको विषेश प्रस्तुती पनि रहनेछ । मनोरञ्जनका कार्यक्रमका साथ साथै आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।

गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोललगायतका गेमहरु हुनेछन् । त्यस्तै बालबालिकाका लागि किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहनेछन् । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टल पनि रहनेछन् । त्यस्तै अन्य आकर्षणमा मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रहनेछन् ।
पर्यटकीय नगरी पोखरामा एनसेल मेला मार्फत नजिकिदै गरेको चाडपर्वको अवसरमा खुसीयाली साट्न तथा आफेना ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न उत्साहित भएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । नारायणघाट बाट शुरु भएको एनसेल मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्