Logo

नारायणगढमा बिहीबार एनसेल मेला, पोखरा, बुटवल र धरानमा पनि मेला गर्दै

नारायणगढमा बिहीबार एनसेल मेला, पोखरा, बुटवल र धरानमा पनि मेला गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्दै छ । कम्पनीले रि—ब्राण्डिङ पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामनाआदानप्रदानगर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो ।

मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेल बिहान ११ बजे शुरु भएको छ । विविध कार्यक्रम, गतिविधि र कन्सर्ट सहित साँझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केहीविषेश आर्कषणहरु हुन् ।

यसदेखि बाहेक मेलामाआउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामाआकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमाचलाएर टेष्ट गर्न सक्नेछन् ।

मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलनअमात्य,लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहनेछन् । मेलामा                  मनोरञ्जनका लागि मयुर नाच,लाखे नाच,दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथआदी रहने बताइएको छ ।

त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनीबास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु छन । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविधआकार्षणहरु रहेका छन् । गीत संगीत, गेमहरु र अन्यआर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि राखिएको छ ।

नारायणघाट पश्चात एनसेल मेला असोज १ गते पोखरामा आयोजना गर्ने कर्पोरेट संवाद विज्ञ मिलनमणी शर्माले जानकारी दिए । मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्