Logo

वातावरण संरक्षणमा एनसेलको सहयोग तथा सहकार्य, धनुषामा ५ हजार बोटबिरुवा वृक्षारोपण

वातावरण संरक्षणमा एनसेलको सहयोग तथा सहकार्य, धनुषामा ५ हजार बोटबिरुवा वृक्षारोपण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ । वातावरण संरक्षणमा योगदान गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले धनुषाधाम संरक्षितवनको ३३ हेक्टर जमिनमा ५ हजार बोटबिरुवा वृक्षारोपण गरेको छ। जसले उक्त स्थानको वातावरणीय तथा पर्यावरणिय रुपमा महत्वपूर्ण बनाउन टेवा दिने छ ।

साथै स्थानिय समुदायलाई यो अभियानमा समावेश गर्दै दिगो पर्यावरण संरक्षणका लागि संरक्षित वन वरपरका विद्यालय, शिक्षक शिक्षिका, अभिभावक र स्थानिय समुदायका सदस्यहरुलाई लक्षित गरी विविध जनचेतनामुलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिएका छन् ।

1 (7)

एनसेलले गरेको वृक्षारोपण र जनचेतनामुलककार्यक्रमले वातावरण संरक्षणलाई प्रोत्साहन गरेको मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले बताए । ट्रष्टले एनसेलको सहयोगमाजनचेतनाअभिवृद्घिकाकार्यक्रमहरु संचालन गरेको थियो । यस अन्तर्गत ट्रष्टले गत एक वर्षमा वातावरण संरक्षण सम्बन्धि विविध जनचेतनामुलक गतिविधिहरु जस्तै पर्यावरण सम्बन्धिवक्तृत्वकलाप्रतियोगिता, चित्रकलाप्रतियोगिता र विद्यालय स्तरमा ईको क्लबको स्थापना गरेको छ ।

साथै स्थानिय समुदायलाई मिथिलाचित्रकला सम्बन्धितालिम, विद्यालय र अन्य सार्वजनिक स्थानका पर्खालमा मिथिलाचित्र बनाउने तथा मिथिला सांस्कृतिक कार्यक्रम गरेको थियो । स्थानिय समुदायलाई जिविकोपार्जनका लागि वनमा मात्र आश्रित नभई आफ्नो सीप आयमुलक काममा लगाउन उत्प्रेरित गर्नु रहेको छ । एनसेलले संरक्षित वनमा तीन वटा पिकनिक स्थलहरुका लागि आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा पनि सहयोग पुर्याएको छ ।

7

मिथिला चित्रकाल सम्बन्धि तालिमले तालिम पाएका व्यक्तिलाई आफुले चित्रकला बनाई त्यसबाट आयआर्जन गर्न सक्ने अवसर प्रदान गरेको छ । एनसेलको सहयोगले स्थानियबासीलाई वैकल्पिक आयआर्जनको लागि अवसर प्रदान गरेको मण्डलले जानकारी दिए । “एनसेल पर्यावरण सम्बद्र्धनमा सँधै प्रतिबद्ध भएकोले जनचेतना अभिवृद्घि र स्थानिय समुदायलाई सिप विकासमा योगदान गर्न सकेकोमा हर्षित भएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले बताए ।

एनसेलले हालसम्मआफ्नो सम्पूर्ण नेटवर्कमा ६ दशमलव १० प्रतिशत पूर्णरुपमा सौर्य उर्जाबाट चल्ने र ७ दशमलव ७६ प्रतिशत सौर्य उर्जा ब्याकअप भएको हाईब्रिड पावर सोलुसन्स्बाट चल्ने टावरहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्