Logo

एनटिसीले डाटा प्याक अफर ल्याउदै, ४५ रुपैयाँमा ३ दिनका लागि १सय एमबीको डाटा

एनटिसीले डाटा प्याक अफर ल्याउदै, ४५ रुपैयाँमा ३ दिनका लागि १सय एमबीको डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि बाबुको मुख हेर्न दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ ।

सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । जसअनुसार ४५ रुपैयाँमा ३ दिनका लागि १ सय एमबीको डाटा लिन सकिन्छ ।

त्यस्तै ९० रुपैयाँमा ७ दिनका लागि २ सय २५ एमबीको डाटा लिन सकिने बताइएको छ । जसअनुसार १ सय एमबी डाटा सस्क्राइव गर्न स्पेसल१०० एमबी र २२५ एमबी डाटा सस्क्राइव गर्न स्पेसल २२५ एमबी लेखेर १४ १५ मा पठाउनुपर्ने छ ।

योजना विहीवारदेखि आगामी ३ महिनाका लागि लागु गरिएको बैद्यले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्